National news Tekman photo,
हिन्दुहरुको पवित्र चाड जनैपुर्णीमा आज मनाइँदै
								Posted by Unknown
								Published on Wednesday, August 1, 2012
 नेपालीहरुले मनाउँदै आएका विभिन्न चाडपर्वहरु मध्ये आज जनैपुर्णिमा देशभर मनाइँदै छ । हिन्दु परम्परा अनुसार जनैलाई ब्रह्मासुत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई सिखा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्माविष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म उपासना र ज्ञानका तीन योग मानिन्छ । आजका दिन बिहानै नदी तलाउमा गएर गाइको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ तिल र कुशद्धारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन रहेकोले यस पर्वलाई जनै पुर्णिमा भन्ने गरिन्छ । यसबाहेक आज बिहानैदेखि रसुवाको गोसाइँकुण्ड ,इलामको पाँचपोखरी ,भोजपुरको साल्पा ,काभ्रेको तिमाल नारायण स्थान, ललितपुरमा पाटनको कुम्भेश्वर लगायतका धार्मिक तिर्थस्थल र पवित्र कुण्डहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । यस पर्वमा पुरोहितहरुले यजमानहरुको हातमा पहेंलो धागोको रक्षावन्धन बाँधिदिने गर्दछन् । त्यस्तैनेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने व्याजा नकेगु भनेर सिमिको पातमा भात क्र्वाँटी मासु मूला भ्यागुते फूल आदि राखेर कृषकहरुले आ आफ्नो खेतमा र अन्यले आफ्नो घरको दैलामा राख्ने चलन छ । यसै गरी नेवार समुदायले आजको दिन विभिन्न गेडागुडी मिसाएर बनाइएको बिशेष परिकार क्र्वाँटी खाने परम्परा छ । क्र्वाँटी बनाउन खासगरी ९ थरीका गेाडागुडी जस्तो ठूलो केराउ सानो केराउ भटमास सिमि बोडी मास गेडा मुङ चना मस्याङ आदि मिसाइन्छ । आज तराइ लगायत अन्य भागमा भने दिदी बहिनीले आफ्ना दाजुभाइलाई रक्षाबन्धन लगाइदिने चलन छ ।
नेपालीहरुले मनाउँदै आएका विभिन्न चाडपर्वहरु मध्ये आज जनैपुर्णिमा देशभर मनाइँदै छ । हिन्दु परम्परा अनुसार जनैलाई ब्रह्मासुत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई सिखा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्माविष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म उपासना र ज्ञानका तीन योग मानिन्छ । आजका दिन बिहानै नदी तलाउमा गएर गाइको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ तिल र कुशद्धारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन रहेकोले यस पर्वलाई जनै पुर्णिमा भन्ने गरिन्छ । यसबाहेक आज बिहानैदेखि रसुवाको गोसाइँकुण्ड ,इलामको पाँचपोखरी ,भोजपुरको साल्पा ,काभ्रेको तिमाल नारायण स्थान, ललितपुरमा पाटनको कुम्भेश्वर लगायतका धार्मिक तिर्थस्थल र पवित्र कुण्डहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । यस पर्वमा पुरोहितहरुले यजमानहरुको हातमा पहेंलो धागोको रक्षावन्धन बाँधिदिने गर्दछन् । त्यस्तैनेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने व्याजा नकेगु भनेर सिमिको पातमा भात क्र्वाँटी मासु मूला भ्यागुते फूल आदि राखेर कृषकहरुले आ आफ्नो खेतमा र अन्यले आफ्नो घरको दैलामा राख्ने चलन छ । यसै गरी नेवार समुदायले आजको दिन विभिन्न गेडागुडी मिसाएर बनाइएको बिशेष परिकार क्र्वाँटी खाने परम्परा छ । क्र्वाँटी बनाउन खासगरी ९ थरीका गेाडागुडी जस्तो ठूलो केराउ सानो केराउ भटमास सिमि बोडी मास गेडा मुङ चना मस्याङ आदि मिसाइन्छ । आज तराइ लगायत अन्य भागमा भने दिदी बहिनीले आफ्ना दाजुभाइलाई रक्षाबन्धन लगाइदिने चलन छ ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

