Welcome Guest!
twitter facebook rss

,

प्रशासनबाटै राहदानी हरायो

३२ श्रावण, धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङबाट ५२ थान राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय एक थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । स्टोरको दराजभित्र राखिएका ४८२९३०१ देखि ४८२९३५० सम्मका ५० थान र ४८२९५३४ र ४८२९५३५ नं का दुई थान गरी ५२ थान हस्तलिखित राहदानी हराएको हो । मेसिन रिडेबल राहदानी लागू भएपछि काम नलाग्ने भएकाले स्टोरमा राखिएका राहदानी कर्मचारीकै लापरवाहीले हराएको जिल्ला प्रशासन कार्यालयको ठहर छ । गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयको भवन सर्नेक्रममा पुराना सामग्री रुजु गर्दा राहदानी हराएको तथ्य फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले बताउनुभयो । राहदानी हराएको खबर थाहा भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको संयोजकत्वमा एक छानबिन समिति गठन गरेकोमा समितिले कर्मचारीकै कारणबाट राहदानी हराएको निष्कर्षसहितको प्रतिवेदन प्रस्तुत गरिसकेको छ । हराएको राहदानीको विवरणसहितको पत्र गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन विभागमा पठाइएको र दुरुपयोग हुनसक्ने अवस्थाबारे छानबिन भइरहेको सो कार्यालयले जनाएको छ । राहदानीको जिम्मा लिएका र स्टोरको जिम्मा लगाइएपछि एउटा चावी नै फिर्ता नगरेको भन्ने हालका स्टोर हेर्दैआएका ईश्वरी पोखरेलको निवेदनको आधारमा बद्री थापालाई जिल्ला प्रशासन कार्यालयले निगरानीमा राखेको जनाएको छ

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide