Welcome Guest!
twitter facebook rss

,

पोखरामा बिच भलिवल कोर्ट तयार

राजधानी बाहिर पहिलोपटक पोखरामा बिच भलिवल कोर्ट निर्माण गरिएको छ। बिच भलिवलको प्रवर्द्धन गर्न र पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरि लेकसाइडस्थित फेवाताल किनारको बाराहिघाट सैनिक मैदानमा भलिवल कोर्ट बनाइएको हो।

नेपाली सेनाको पश्चिम पृतनाले उक्त मैदानमा कोर्ट बनाईदिएको हो। करिब २ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको कोर्टको सेनाका पश्चिम पृतनापति भिक्टरशम्सेर जवरा र पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटाले शनिबार शुभारम्भ गरे। करिब एक महिना अवधि लगाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उक्त भलिवल कोर्ट बनाइएको सेनाले जनाएको छ। सेनाले शनिबार नै मैदान संचालनका लागि पोखरा पर्यटन परिषद्लाई जिम्मा लगाएको छ।
समुन्द्री किनारमा बालुवाको मैदानमा खेलिने खेल भएपनि नेपालमा समुन्द्र नभएकोले फेवाकिनारको मैदानलाई उपयोग गरेको सेनाका पश्चिम पृतनापति भिक्टरशम्सेर जबराले बताए। 'समुन्द्र नभए पनि समुन्द्रको झल्को दिनेगरि फेवा किनारको मैदानलाई उपयोग गरेका हौ' उनले भने, 'मैदानले स्वदेशी तथा विदेशी पर्यटकलाई थप भुल्ने ठाउँ दिनेछ। नेपालको बिच भलिवल प्रवर्द्धनमा पनि यसले सघाउनेछ।' यसअघि सेनाले पश्चिम पृतनाभित्रै पनि छुट्टै विच भलिवल कोर्ट बनाएको छ। तर, बाराहिघाटको यो मैदान सवैसाधारणका लागि चौबसै घण्टा खुला हुनेछ। फुटबल मैदान रहेको उक्त ठाउँमा करिब ३ फिट गहिरो खाडलमा बालुवाले भरेर भलिवल कोर्ट तयार पारिएको हो। करिब ५० ट्रक बालुला ल्याएर मैदान तयार पारिएको थियो। सेनाले रेखदेख गरेपनि पोखरा पर्यटन परिषद् र पर्यटन बोर्डले मैदान संचालन गर्नेछ। पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई बिच भलिवल मैदानले थप भुल्न सघाउने परिषद् अध्यक्ष टिकाराम सापकोटाले बताए।
'फुर्सदमा रहेका स्वदेशि तथा विदेशी पर्यटक यो मैदानमा आएर भलिवल खेल्न पाउनेछन्' उनले भने, 'फेवाताल किनारमा खेल्न पाउँदा खेलाडीले ताललाई समुन्द्रको रुपमा पनि अनुभुति गर्न पाउनेछन्।' भलिवलकोर्ट सँगैको खालि जग्गामा स्विमिङ पुल र टेनिसकोर्ट बनाउने योजना रहेको समेत सापकोटाले सुनाए।
यसअघि काठमाडौंको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा पहिलो बिच भलिवल कोर्ट बनाइएको थियो। किर्तिपुरको उक्त कोर्ट भलिवल संघले निर्माण गरेको हो। पोखरामा बनाईएको यो कोर्टले यहाँको पर्यटन प्रवर्द्धनमा समेत सघाउने नेपाल भलिवल संघका केन्द्रीय सचिव रामनाथ भण्डारीले बताए।
पोखराको यो कोर्टले नेपालको बिच भलिवल खेलको प्रवर्द्धन गर्नुका साथै पर्यटन प्रवर्द्धमा समेत थप सहयोग पुर्‍याउने भण्डारीले बताए। संघले यसअघि पोखरा रंगशालाभित्र बिच भलिवल कोर्ट बनाउने तयारी गरेर मैदान तयार गरेपनि बजेट नहुँदा काम रोकिएको थियो। पोखरा रंगशाला परिसरमा बनाउने भनिएको कोर्टका लागि करिब ७० हजार रुपैयाँ खर्च भइसकेको थियो।
संघले पोखराको नव निर्मित कोर्टमा आगामी असोजमा पुरुष बिच भलिवल प्र्रतियोगिता गर्ने समेत भण्डारीले जानकारी दिए। संघले यसअघि महिला बिच भलिवल प्रतियोगिता गर्दै आएको थियो। यसअघि सौराहामा मात्र हुँदै आएको बिच भलिवल प्रतियोगिता अब पोखरामा पनि गर्न सकिने उनले बताए। नवनिर्मित भलिवल कोचमा शनिबार शुभारम्भको अवसर पारेर विभिन्न खेल समेत संचालन गरिएको थियो।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide