Welcome Guest!
twitter facebook rss

,

कुसंस्कारको अवशेष-राजेन्द्रप्रसाद पन्त

हाम्रो समाजमा तत्कालीन राजा-रजौटादेखि तथाकथित गन्यमान्य एंव भलाद्मी भनाउँदाहरूले दुई-तीनवटी श्रीमती ल्याउनुलाई इज्जत-प्रतिष्ठासँग जोड्दै उक्त कार्यलाई  सामाजिक मान्यता दिँदै आए । समाजमा राजनैतिक परिवर्तनले जनचेतना परिवर्तन हुँदासमेत पुरुषले दुई-तीनवटी महिलासँग गरेको विवाह सहजै स्वीकार गरिन्छ ।  कानुनले बन्देज गरेको बहुविवाहलाई ठाडै चुनौती दिने पुरुषको संख्या अझै विद्यमान छ । एउटी पत्नीले आफ्नै पतिद्वारा हुने शारीरिक एवं मानसिक यातना चुपचाप  सहेको सहजै देख्न र सुन्न पाइन्छ । पतिलाई परमेश्वर मान्ने महिलाले पतिद्वारा सौता हाल्ने असहज परिस्थिति बाध्यतावश सहनुपरेको छ । महिलाको अधिकार कागजको  पानामा सीमित छ । पुरुषले जति विवाह गरे पनि समाजले सहजै स्वीकार गर्ने तर महिलाको परपुरुषसँगको मित्रताको आत्मीय सम्बन्धलाई समेत शंकाको घेराभित्र राखी  हेर्ने समाजको मनोविज्ञान बुझिनसक्नु छ । 

छोराछोरी के हुने भन्ने कुरामा पुरुषमा रहेको क्रोमोजोमको भूमिका हुन्छ । यो कुरालाई बेवास्ता गर्दै त्यही निहुँमा दोस्रो विवाह गर्ने अशिक्षित मानिसलाई सचेत गराउनुको  साटो शिक्षित वर्गले नै छोरा प्राप्तिका लागि दोस्रो विवाह गरेको पाइन्छ । यस्ता कार्यले समाजमा पार्ने दुस्परिणामको विश्लेषण कहिले गर्ने ? इच्छित सन्तान नहुनुको  कारण बुझ्न सम्बन्धित विशेषज्ञको सल्लाह लिनुको साटो अर्को विवाह गर्ने प्रथा कायम रहनुलाई सामाजिक कुरीतिको अवशेष नभनेर के भन्ने ? 

सानै उमेरमा अध्ययनकै क्रममा भएको विवाहपछि पत्नीले पढाइ छोडेर घरको काम सम्हाल्नुपर्ने अवस्था आउँछ । पतिले भने अध्ययनलाई निरन्तरता दिन्छन् । त्यसपछि  आपसी सोच नमिलेर हुने असमझदारी बहुविवाहको कारण बनेकोे पाइन्छ । गाउँमा सानै उमेरमा विवाह गरी सहर पस्ने पुरुषहरू सहरिया महिलाको रहनसहन, लबाइ र  सुन्दरताप्रति आशक्त हुन्छन् । गाउँमा परिश्रमले ख्याउटिएकी श्रीमतीको छवि सहरिया सुन्दरीले मेट्दै जानु पनि बहुविवाहको कारण बन्न पुगेको छ । 

प्रेम र विवाहलाई एउटै सिक्काका दुईपाटा मान्नेहरू पनि विवाहभित्र प्रेम र प्रेमभित्र विवाह खोज्न रुमल्लिएका छन् । प्रेम विवाहका पक्षपातीहरू विवाहपछिको प्रेममा  विश्वास गर्दैनन् । उनीहरू प्रेमले विवाहको रूप लिए वैवाहिक जीवन चिरस्थायी हुन्छ भन्ने पक्षमा छन् । हिँजोआज प्रेम विवाह सहज भए पनि विवाहपछि प्रेमले स्थायित्व  पाउन नसक्नुलाई प्रेमको अपव्याख्या, अत्यधिक स्वतन्त्रता मान्न सकिन्छ । मागी विवाहमा प्रेम खोज्नेहरूलाई प्रेमविवाह गर्न सल्लाह दिने प्रेमविवाहितहरूकै वैवाहिक  सम्बन्ध धरापमा परेको देखिन्छ । यो अवस्थाले प्रेमविवाह वा विवाहपछि प्रेम कुन उपयुक्त र चिरस्थायी हुन्छ भन्नेमा द्विविधा छ । आपसी समझदारी एवं एक-अर्काप्रति  समर्पण र विश्वासको कमीले वैवाहिक जीवन बिग्रन्छ । विवाहपछि प्रेम नपाउनेहरूले पनि सामाजिक मूल्य, मान्यता र कानुनी दायराभित्र रही कर्तव्य पालना गर्नु मानव  धर्म हो भन्ने मनन गर्नसके बहुविवाहमा कमी आउन सक्छ ।

 सौन्दर्यको खोजीमा बहुविवाह गर्ने पुरुषभावनालाई निरुत्साहित गर्न र सोही कारणले हुने बहुविवाह रोक्न महिलाले शारीरिक सुन्दरतामा पनि ध्यान दिनुपर्छ भन्दै दुर्गम  गाउँ एवं सुदूरपश्चिमका महिलाका लागि ब्युटिपार्लर खोल्ने सल्लाह र आर्थिक सहयोग गर्नसमेत तत्परता देखाउने डा. दुर्गा पोखरेलको अनुभव मननयोग्य छ । वास्तवमा  कामुक पुरुषहरू नै बहुविवाहका लागि जिम्मेवार हुन् । 

शारीरिक सुन्दरता प्रेमको एउटा पाटो भएको नकार्न नसकिए पनि मनको सुन्दरतालाई कम आँक्न मिल्दैन । पहिले सान, सोख, रुढिवादी विचार, सामाजिक कु-संस्कार,  शिक्षाको तालमेलमा कमी, शारीरिक सुन्दरतामा भएको फरकपन, आपसी असमझदारी, बालविवाह आदि कारणले बहुविवाह हुन्थ्यो । अहिले वैयक्तिक स्वतन्त्रताको नाममा  सामाजिक एवं पारिवारिक संस्कारका विरुद्ध हुने तथाकथित प्रेमविवाहले समेत बहुविवाहलाई कम गर्न सकेको छैन । 

 निहित स्वार्थ र आर्थिक लाभका लागि महिलालाई दोस्री पत्नीको दर्जा दिने पुरुषहरू हुन् वा मान-सम्मान, पद-प्रतिष्ठा र सुख-सुविधाका निम्ति लालायित महिलावर्ग,  सामाजिक मान्यता विपरीत हुने बहुविवाहमा दुवै दोषी छन् । पारिवारिक अमनचैन खल्बल्याउने एवं कानुनी रूपले दण्डनीय अपराध भए पनि हरेक समाजमा यस्ता  अपराध गर्ने व्यक्तिको कमी छैन । 

कानुनी अपराधभित्र नपर्ने विषय हो पुनर्विवाह तर त्यसका निम्ति पहिलो वैवाहिक सम्बन्ध कानुनी रूपले अन्त्य गर्नुपर्छ । कानुनी व्यवस्था पालन गर्नु हरेक जिम्मेवार  व्यक्तिको कर्तव्य हो । श्रीमान्-श्रीमती एकसाथ बस्न नसक्ने अवस्था सिर्जना भए सम्बन्धविच्छेद गर्न कानुनले छुट दिएको छ ।

 विद्यमान कानुनलाई व्यक्तिगत एवं सामाजिक न्यायका रूपमा लिनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ । पुनर्विवाहले अन्तिमसम्म वैवाहिक जीवनको साकार रूप पाउला कि  नपाउला भन्ने कुराको पनि बेलैमा विश्लेषण गर्न जरुरी हुन्छ । सम्बन्धविच्छेदपछि पुरुषको मर्यादा कम नहुने तर महिलाको मान-मर्यादा पूर्व पतिसँगै समाप्त भैसकेको  जस्तो व्यवहार समाजमा हुन्छ । सम्बन्धविच्छेदपछि हुने पुरुषको पुनर्विवाहलाई बाजागाजाका साथ स्वागत गर्ने समाज र परिवारले महिलाले गरेको पुनर्विवाहप्रति नाक  खुम्च्याउँदै अनेक तर्क-वितर्क गर्नु कहाँसम्म उचित हो ? पुनर्विवाह गर्ने पुरुषका लागि पुनर्विवाह गर्न तयार महिला अनुपयुक्त हुने सोच राख्ने परिवारले आपmनो विचार र  सोचलाई प्रगतिशील विचारका रूपमा अघि बढाउन सके महिलाको पुर्नविवाहलाई समेत सहज मान्ने वातावरण बन्थ्यो 

कि ? श्रीमान्-श्रीमतीको सम्बन्धलाई दुई परिवारको  मान-मर्यादाका साथै सामाजिक प्रतिष्ठाका रूपमा बचाउन अनेक कठिनाइ सहनेहरू एकातिर छन् त खानेकुरा, सुत्ने समय, लाउने, कुरा गर्ने तरिका आदि सामान्य कुरामा  मतभेद हुँदा सोझै सम्बन्धविच्छेद गर्न कानुनको शरणमा पुग्नेहरू अर्काथरी छन् । आधुनिक महिला र पुरुषवर्गले सामाजिक मूल्य-मान्यतामा ध्यान दिई आपसी समझदारी  बढाउन सके श्रीमान्-श्रीमतीको सम्बन्धमा नौलो आयाम थपिन्थ्यो कि ? 

सम्बन्धविच्छेदको माध्यमद्वारा श्रीमान्-श्रीमती छुट्टनि पाउने कानुनी अधिकार हुँदाहुँदै कुनै पुरुषले अर्काकी श्रीमती भगाई विवाह गर्ने सामाजिक कुप्रथा जारी प्रथा हो ।  सुदूरपश्चिममा विद्यमान महिलाको किनबेच गर्ने सामाजिक कुसंस्कार जारी प्रथा हटाउन अनेकौं सचेतना अभियान सञ्चालन गरे पनि बैतडी गाजरीका राइमान सिंह  धामीले त्यो प्रथा निर्मूल हुन नसकेको पुष्टि गरे । उनले ईश्वरी साउदलाई भगाई उनका पति हरिसिंह साउदलाई पैंतालीस हजार जारी खर्च तिरे । भगाएर लाने पुरुषले  महिलाका पूर्वपतिलाई दिने क्षतिपूर्ति वा महिलाको पालनपोषण एवं विवाहमा लागेको खर्चबापत् दिइने निश्चित रकमलाई जारी खर्च भनिन्छ । भगाएर लाने पुरुषले जारी  खर्च तिरेपछि मात्र ती महिलामाथि उसको हक कायम भएको मानिने परम्परा जारी प्रथामा छ । जारी खर्च नतिरुन्जेल पूर्वपतिले महिलामाथि आपmनो अधिकार कायम रहे को मान्दै भगाउने पुरुषलाई सामाजिक र नैतिक दबाब दिने गरेको पाइन्छ । स्थानीय राजनीतिकर्मी केदारचन्द्र भट्ट यस्तो कामलाई महिला किनबेचका रूपमा लिँदै  यसलाई कडा कानुनी दायरामा समेट्नुपर्नेमा जोड दिन्छन् । वरिष्ठ अधिवक्ता प्रेमसिंह धामी जारी प्रथालाई मानवजातिकै  किनबेचका रूपमा व्याख्या गरी यो प्रथा निर्मूल  पार्न सामाजिक चेतना फैलाउनुपर्छ भन्दै कानुनको पनि आवश्यकता औंल्याउँछन् । 

बहुविवाह र जारी प्रथाजस्ता सामाजिक कुसंस्कारको बेलैमा अन्त्य गर्न कडा कानुन बनाई कार्यान्वयनमा ल्याउनुपर्छ । हरेक सचेत नागरिकले आपmनो नैतिक कर्तव्य र  जिम्मेवारी मानेर ढिला नगरी यस्ता कुप्रथा हटाउन लाग्नुपर्छ । प्रेम र मायालाई शारीरिक सुन्दरतासँग मात्र जोडेर हेर्नुहुँदैन । श्रीमान्-श्रीमतीबिच आत्मीय सम्बन्ध, एक- अर्काप्रति पूर्ण विश्वास र समर्पण भाव हुनुपर्छ । जारी प्रथाले निरन्तरता पाउनुमा पति र पत्नीले आपmनो दायित्व बोध गर्न नसक्नु, जिम्मेवारी पूरा गर्न आनाकानी गर्नु,  आत्मनिर्भर हुन नसक्नु, पतिले आपmनो कमाइको ध्वाँस देखाई पत्नीको घरायसी कामको अवमूल्यन गर्नु, प्रेम र मायाको गहिराइसम्म पुग्न नसक्नु, एकले अर्कोलाई होचो  देखाउने प्रयास गर्नु आदि कारण देखिन्छन् । श्रीमान्-श्रीमतीले एक-अर्काकोे भावना बुझ्न नसक्दा नै बहुविवाह, सम्बन्धविच्छेदजस्ता समस्या देखापर्छन् । हरेक सचेत  नागरिक समाजबाट यस्ता कुरीति एवं 
कु-संस्कृतिका कारक तत्वहरूलाई बेलैमा पहिचान गरी हटाउनुपर्छ । यसो गर्न सके समाजबाट कुसंस्कारका अवशेषहरू निश्चय नै  हट्नेछन् । 
लेखक दार्चुलामा लामो समयदेखि गैरसरकारी संस्थाहरूसँग आबद्ध हुनुहुन्छ)

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide