Welcome Guest!
twitter facebook rss

,

नागरिक समाजका प्रतिनिधीहरु शनिबार पनि अनसन जारी

१३ श्रावण, काठमाडौं । पूर्वविशिष्ट अधिकारीहरुलाई सरकारले प्रदान गरेको आजीवन सुविधा विरुद्ध नागरिक समाजका प्रतिनिधीहरुले आज तेस्रो दिन शनिबार पनि अनसन जारी राखेका छन् । आज डा. आमुदा श्रेष्ठ, प्रा. रविन्द्र भट्टराई, द्रोणप्रसाद गुरागाईँ, शान्ति नेपाल, मेघ बहादुर खत्री, लक्ष्मी प्रधान, रविन्द्रकृष्ण मल्ल अनसन सुरु गर्नुभएको छ । अनसनलाई माओबादी पीडित संघ, युथ एक्सन नेपालले पनि समर्थन गरेको नागरिक समाजका उपाध्यक्ष रिसब घिमिरेले जानकारी दिनुभयो । आज अनसन बसेको टोली दिउँसो २ बजेसम्म बस्ने र अनसन कार्यक्रम आजै समापन हुने नहुने दिउँसो निर्णय हुने घिमिरेले बताउनुभयो । हिजो उमेश मैनालीको नेतृत्वमा, गोविन्द डंगोल, अनन्त राम भट्टराई, अप्सरा कोइराला, विष्णु कुमार गिरी, सीताराम पोख्रेल, र लक्ष्मण थापा अनसनमा बस्नु भएको थियो ।
पूर्वप्रशासकले नेतृत्व गरेको नागरिक समाजका प्रतिनिधिहरुले विहिबारदेखि रत्नपार्कस्थित शान्ति वाटिकामा तीनदिने रिले अनसन सुरु गरेका थिए । अनशनलाई नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसियसनलगायतले पनि समर्थन गरेका छन् । सरकारले पूर्व राष्ट्रपतिदेखि पूर्व गृहमन्त्रीसम्मका अधिकारीहरुलाई आजीवन गाडी, मर्मत खर्च, इन्धन, आवास लगायत सुविधा प्रदान गर्न अध्यादेश जारी गरेको थियो । सो अध्यादेश मुलुकको हितमा नभएको र अर्थतन्त्रले धान्न नसक्ने भएकोले तत्काल फिर्ता गर्न नागरिक समाजले माग गरेको छ । यता सरकारले भने प्रचलित कानून बमोजिम पुर्व विशिष्टहरुलाई सुविधा दिइएकोले यसलाई अतिरञ्जित ढंगले प्रस्तुत नगर्न आग्रह गरेको छ ।
अनशन

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide