Welcome Guest!
twitter facebook rss

,

प्रधानमन्त्रीले भोट हाल्न नपाउने


९ साउन, काठमाण्डौं । निर्वाचन आयोगले सञ्चालन गरेको फोटो सहितको मतदात नामावलीमा प्रधानमन्त्री, मन्त्री तथा शीर्ष नेताहरुले आफ्नै नाम छुटाएका छन् ।
मतदाता नामावलीमा नाम दर्ता नगराउने नेताले नयाँ संविधानसभाको चुनाव भयो भने उम्मेद्धार बन्न त के, मतदान गर्न समेत पाउँदैनन् ।
आयोगले फोटोसहित मतदाता नामावलीको राष्ट्रिय अभियानमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरुदेखि प्रधानमन्त्री बाबुराम भट्टराई र उनका मन्त्रीहरु समेत सामेल नभएको खबर नागरिक दैनिकले छापेको छ । सोही कारणले निर्वाचन आयोगले तयार पारेको फोटो सहितको मतदाता नामावली सूचीमा उनीहरुको नाम भेटिदैन् ।
काँग्रेस सभापति सुशिल कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले सचिव युवराज ज्ञवाली, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, उपप्रधानमन्त्री विजयकुमार गच्छादार, एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरालगायताका नेता निर्वाचन आयोगको सूचीमा समेटिएका छैनन् ।
संविधानसभाको चुनावको बेला मतदाता नामावलीमा नाम भएकाले अर्को चुनावमा मतदान गर्न र उमेद्धारी दर्ता गर्न पाउने कतिपय नेताको बुझाई छ । त्यही कारण फोटोसहितको मतदाता नामावली संकलनमा सामेल नभएको एकीकृत नेकपा माओवादीका नेता कृष्ण बहादुर महराले बताए । ‘अघिल्लो चुनावमा रोल्पा जिल्लाबाट मतदान नामावलीमा नाम छ, उनले भने फेरि नाम लेखाउनुपर्छ र ?, पर्छ भने सम्झाईदिनुभएको धन्यवाद । एमाले सचिव युवराज ज्ञवालीले भने यस अघिनै फोटोसहितको नामावली कलंकीबाट दर्ता गराएको बताएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide