Welcome Guest!
twitter facebook rss

,

कामु मुख्य सचिवमा लिलामणि पौडेल

४ साउन, काठमाडौं । लामो विवादपछि अन्ततः प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेल निजामति कर्मचारी प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्नुहुने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पौडेललार्इ २२ गतेबाट मुख्य सचिवमा स्वतः बढुवा हुने गरी कायममुकायम मुख्य सचिवमा नियुक्त गरेको हो ।
बरिष्ठताका आधारमा ८ औँ बरियताका पौडेललाई कार्य क्षमताका आधारमा मुख्य सचिव बनाइएको हो । बरिष्ठताका आधारमा शंकर कोइराला पहिलो नम्बरमा हुनुहुन्थ्यो ।
झण्डै पाँच घण्टा लामो छलफलपछि सत्तारूढ मधेसी मोर्चा पौडेललार्इ मुख्य सचिव बनाउन सहमत भएको हो। त्यसअघि मधेसी मोर्चाका नेताहरूले सचिव उमाकान्त झालाई मुख्य सचिव बनाउनु पर्ने अडान लिएका थिए । विहान ८ बजेका लागि बोलाइएको मन्त्रिपरिषद वैठक कामु मूख्य सचिव चयनका विषयमा सत्तारुढ दलहरुबीच विवाद भएपछि वैठक मध्यान्ह १२ बजपछिमात्रै सुरु भएको थियो । विवाद समाधानका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सिंहदरबार पुग्नु भएको थियो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य सचिव प्रधानमन्त्रीको नजिक रहेर काम गर्नुपर्ने भएकाले पौडेललाई बनाउने प्रस्ताव स्वीकार गरिएको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । शीर्ष नेताहरुवीच लेनदेनमा सहमति भएपछिमात्र मधेसी दलहरुले पौडेलका नाममा समर्थन गरेको बताइएको छ । आफ्ना कार्यकर्ता बनेका डनहरुप्रति आक्रामक भएपछि खासगरि गृहमन्त्री बिजयकुमार गच्छदार पौडेललाई कुनैपनि हालतमा मुख्य सचिव नबनाउन लागिपरेका थिए ।
साउन २० गते ३ बर्षे कार्यकाल पूरा गरी अवकाश लिन लागेका मुख्य सचिव माधबप्रसाद घिमिरे आइतवारदेखि विदा बस्नु भएको छ । यसअघि मुख्य सचिव पदमा कायम मुकायमको जिम्मा लगाउन गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मधेशी मोर्चाका मन्त्रीवीच विवाद भएपछि मुख्य सचिव चयन नगरी वैठक स्थगित भएको थियो ।
को-को थिए मुख्य सचिवको दौडमा
बरिष्ठता तथा कार्यअनुभवका आधारमा मूख्य सचिव हुने दौडमा सचिव शंकर कोइराला सवैभन्दा अघि थिए । कोइरालापछि मूख्य सचिवको दौडमा सचिवहरु अवनीन्द्रकुमार श्रेष्ठ, बामनप्रसाद न्यौपाने, श्याम मैनाली, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशील जंग राणा थिए । यसैगरी मूख्य सचिव हुने दौडमा प्रधानमन्त्री कार्यालयका सचिव वृन्दा हाडा भट्टराई, बालानन्द पौडेल, उमाकान्त झा र त्रिलोचन उप्रेती थिए ।
दौडमा रहेका ११ जनालाई पछार्दै आठौँ बरियताका सचिव लीलामणि पौडल कायम मूकायम मूख्य सचिवमा नियुक्त भएका हुन् । सचिव कोइराला वाहेका ११ सचिव एकै दिन सचिवमा नियुक्त भएका थिए ।
किन रुचाइए पौडेल
निजामति सेवामा हक्की र निष्कलंक छवि बनाएका सचिव पौडेललाई माओवादीमा पनि प्रचण्ड निकट भनेर चिनिन्छ । ६४ सालमा सचिव भएयता उनी सधैजसो माओवादीले सम्हालेका राम्रा मन्त्रालयमा सचिव भएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि सुरताल मिल्ने सचिव पौडेल शक्तिका अगाडी नडराउने, जनताका पक्षका काम गर्ने र बिबादमा नपरेका सचिवका रुपमा चिनिन्छन् । त्यसै कारण पनि प्रधानमन्त्री भट्टराईले पौडेललाई सचिव बनाउन निकै बल गरेको बुझिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide