sport राजनीति,
एकीकृत नेकपा माओवादीमा तनाव ?
								Posted by Unknown
								Published on Friday, July 20, 2012
 एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि हातपातको प्रयास भएको छ । भोजपुरा राज्य समितिको तर्फबाट रिपोर्टिङ गर्ने क्रममा विवाद बढ्दै जाँदा भट्टराईलाई प्रचण्ड पक्षका नेता जनार्दन शर्मा प्रभाकरले हातपातको प्रयास गरेका हुन् ।

प्रधानमन्त्री एवं पार्टी उपाध्यक्षमाथि नै हातपातको प्रयास भएको भन्दै भट्टराई पक्षधरले बैठक बहिष्कार गरेको छ । तनावका कारण बैठक आधाअण्टाको लागि स्थगित भनिएपनि बैठक बस्ने नबस्ने अनिनिश्चित भएको छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष भट्टराई लगायतका शीर्ष नेताहरु अहिले छलफलमा व्यस्त छन् ।
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरु भयो । बैठक शुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि बोल्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्ने बित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले हुटिङ गरे । साहले नभएर आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने उनीहरुको माग थियो । साहले बोल्न थालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने भट्टराई पक्षकाले भने । तर प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरिकी थिईन् ।
 बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले असन्तुष्टी जनाए । बोल्नै नपाउने यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकर रिसाउँदै उठे । गुटबन्दी गर्ने तिमी नै हौ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले  बताए ।

प्रधानमन्त्रीमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिंग गरे । त्योबेला अध्यक्ष प्रचण्डले हैन मिलाऔं, शान्त रहनोस् भन्दै थिए । तर हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर पनि चुप लागेर बसेनन् । उनीहरुले पनि प्रचण्डमाथि कुर्सी बर्साए । तर बाबुरामलाई जनार्दनको हात नलागेजस्तै प्रचण्डलाई पनि कुर्सीले लागेन । दुवै पक्षबाट हुटिङ र होहल्ला बढेपछि बैठक स्थगित भएको उद्घोषक रहेका पोष्टबहादुर बोगटीले घोषणा गरे । त्यसपछि नेताहरु बाहिरन खोज्दै गर्दा गुटबन्दी गरेको भन्दै केही प्रतिनिधिले प्रचण्ड, भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादुर महरा लगायतका नेताहरुलाई थुन्ने प्रयास गरे ।
कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा भएपछि प्रहरीले नै हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्न परेको स्रोतको भनाई छ । अहिले शीर्ष नेताहरु विवाद मिलाउन भन्दै पर्यटन बोर्डको हलमा छलफल गरिरहेका छन् । अहिले पर्यटन बोर्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उद्घाटनको दिन शीर्ष नेताहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता जनाएपनि व्यवहारमा त्यो उल्टो सावित भएको छ । यसअघि पार्टीभित्र लडाकूका पूर्व कमाण्डरले आर्थिक अनियमितता गरेको भनेर होहल्ला भएपछि अवरुद्ध भएको बैठक अहिले गुटबन्दीका कारण अवरुद्ध भएको छ ।
विहिवारको बैठकमा वोल्ने राज्य समितिका प्रतिनिधीहरुले खासगरी सरकारका विभिन्न निर्णय र पार्टीले लडाकु समायोजन प्रक्रियामा गरेको गल्तीको तिव्र आलोचना गरे । विहिवारको बैठकमा कसले के भने ?
उनीहरुकै शब्दमा  ः
 रामकुमार राई, किरात राज्य समिती : पार्टीको भारतप्रतिको नीति के हो ? किन अध्यक्षको प्रतिवेदन यस वारेमा स्पष्ट छैन् । पार्टीको प्रधान अन्तरविरोध किटान नभईकन कसरी क्रान्ति हुन्छ ? वर्तमान राजनीतिका समस्याका सम्वन्धमा पार्टीको नीति के हो ? पुर्नस्थापना कि नयाँ निर्वाचन ? सहकारी अभियान संचालन गर्ने भनिएको छ, यसमार्फत के पार्टीलाई एनजीओकरण गर्न खोजिएको हो ?
 अमर तमु, तमुवान राज्य समितीः अब पार्टीलाई एक ढिक्का वनाउनको लागि प्रचण्डपथको पुर्नस्थापना गर्नुपर्छ । पार्टी एकताको नाममा पछि पार्टीमा प्रवेश गरेका चैते माओवादीलाई वढी जिम्मेवारी र ठूलो ठूलो पदमा पुयाइएको छ तर जनयुद्धमा लागेकाहरुलाई कुनै जिम्मेवारी दिइएको छैन् । यो विपा सम्झौता तथा विमानस्थल भारतलाई जिम्मा दिने कुरा के हो ? यस विषयमा प्रधानमन्त्री वावुराम भटराईले स्पष्ट पार्नुपर्छ । सुकुम्वासीलाई हटाउने तर पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुलाई आजिवन सुविधा दिने अध्यादेश जारी भएको छ यसलाई सरकारले खारेज गर्नुपर्छ ।
 इश्वरी भण्डारी, प्रवास राज्य समिती : यो विपा के हो ? एयरपोर्ट व्यवस्थापनको जिम्मा भारतलाई दिने भनेको के हो ? यस विषयमा सरकारले स्पष्ट पार्नुपर्छ । वावुराम माओवादीका प्रधानमन्त्री हुन कि काँगेस, एमाले र भारतको ?
 शालिकराम जमरकटेलः भारतलाई हेर्ने पार्टीको स्पष्ट दृष्टिकोण के हो ? राष्ट्रियताको सम्वन्धमा प्रचण्डको दस्तावेज किन स्पष्ट छैन ? पार्टीमा विभिन्न गुट तथा उपगुट हुँदा पनि किन कारवाही हुँदैन ? पार्टी वैद्यको कारणले मात्र होइन पार्टीमै वस्ने नेताहरुका कारण पनि फुटेको हो । पार्टी जातिय हो कि वर्गीय ? भन्नलाई बर्गिय भन्ने अनि जातिय एजेण्डा उचाल्ने काम कति जायज हुन्छ ?
 गजेन्द्र महत, भेरी कर्णाली राज्य : विपा सम्झौता किन गरेको ? विमानस्थल व्यवस्थापनको जिम्मा किन भारतलाई दिन खोजिएको ? अव पार्टीमा प्रचण्डपथ पुर्नस्थापना गर्नुपर्दछ ।
 रामलौचन तिवारी, अवध राज्य समिती ः समायोजनको नाममा जनसेनालई विसर्जन गर्ने काम भयो यसलाई गल्ती महशुश गरी दस्तावेजमा नै उल्लेख गरेर अगाडी जानुपर्दछ । यो सरकार माओवादीको हो कि अन्य राजनीतिक दलको, स्पष्ट भएन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.